३ महिनापछि राष्ट्रपति भेट्न शीतलनिवास पुगे माधव नेपाल

३ महिनापछि राष्ट्रपति भेट्न शीतलनिवास पुगे माधव नेपाल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्।

एमाले विभाजन गरेर नयाँ पार्टी खोल्न निर्वाचन आयोगमा निवेदन दिएका नेता नेपालले सोमवार शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। 

एमालेका मध्यमार्गी नेताहरुले बालकोटमा अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरी पार्टीलाई जेठ २ मा फर्काउन सहमत गराएका बेला नेता नेपालले राष्ट्रपति भण्डारीलाई भेटेका हुन्। भेटमा के कुरा भयो भन्ने खुलेको छैन। 

पछिल्लो पटक वैशाख २३ गते राष्ट्रपति भेटेका नेपाल त्यसयता पार्टी विवादमा शीतल निवास गएका थिएनन्। केही दिनअघि नेता भीम रावलले राष्ट्रपतिलाई भेटेर एमाले विभाजन रोक्न हस्तक्षेप गर्न आग्रह गरेका थिए।  

नेता नेपाललाई निर्वाचन आयोगले पर्सी बुधवार नयाँ दल दर्ता प्रयोजनमा सनाखतका लागि बोलाएको छ। त्यसअघि नै मध्यमार्गी नेता विभाजन हुन नदिन सक्रिय भएका छन् ।

अध्यक्ष ओलीले जेठ २ मा फर्किने सहमति अनुमोदन गर्न भोलि स्थायी कमिटी बैठक बोलाएका छन्।न्युज कारखानाबाट

Skip This
Skip This
Logo