नेकपा एमाले २०७५ जेठ २ को पुरानै अवस्थामा फर्किएसँगै योगेश भट्टराईले पार्टीमा प्रवक्ताको जिम्मेवारी सम्हालेका छन्।
भट्टराईले बुधबारदेखि नै औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन्।
मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना ०७५ जेठ २ कै अवस्थाबाट पार्टी सञ्चालन गर्ने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा फर्किएका हुन्।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघिसम्म भट्टराई पार्टी प्रवक्ता रहेका थिए । यो बिचमा पार्टी प्रवक्तामा प्रदीप ज्ञवाली रहेका थिए ।
उता नेकपा माओवादीले कृष्णबहादुर महरालाई पार्टी प्रवक्ता तोकेको छ ।































प्रतिक्रिया