प्रदीप नेपाल माधवतिरै, भाष्कर काफ्ले भने संस्थापनमै फर्किए

प्रदीप नेपाल माधवतिरै, भाष्कर काफ्ले भने संस्थापनमै फर्किए

केन्द्रबिन्दु
0
Shares

यस अघि माधव नेपाल पक्षले हस्ताक्षर दुरुपयोग गर्यो भनेर सामाजिक संजालमार्फत विरोध जनाएका एमाले केन्द्रीय कमिटी सदस्य प्रदीप नेपाल माधव नेपाल समूहको नयाँ पार्टी नेकपा एकीकृत समाजवादी पार्टी नेपालमै फर्किएका छन्।

उनले २ भदौमा आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै आफू मूल पार्टीमै रहेको सामाजिक संजालमार्फत जानकारी गराएका थिए।

तर, आज निर्वाचन आयोगमा उनले पार्टीका अध्यक्ष माधव नेपाल भन्दापछि दोस्रो नम्बरमा सनाखत गरेका छन्।

उनी नयाँ पार्टीमा विधिवतरुपमा जोडिएका छन्। अर्कोतिर यसअघि २ भदौमा आयोगमा बुझाएको सूचीमा नाम भएका एमाले केन्द्रीय कमिटी सदस्य भाष्कर खनाल पुनः संस्थापन पक्षमा खुलेका छन्। उनी आज आयोगमा उपस्थित भएनन्।

Logo