हामीहरु हिँडेको बाटो गलत छैनः ओली

हामीहरु हिँडेको बाटो गलत छैनः ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिको स्वार्थका कारण पार्टी फुटेको अभिव्यक्ति दिएका छन्। 

बिहीवार बसेको एमाले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलन हाँक्ने अभिभारा, काँधको जिम्मेवारी र जनताका सामु गरिएका प्रतिवद्धताहरु भुलेर पार्टी फुटाइएको बताए ।

‘कसैले लखेटेर बस्न नसकेर होईन, सामान्य अवस्थामा त पार्टी चलिरहेको बेला, अगाडी बढिरहेको बेला स्वार्थवश, केहीका स्वार्थमा, केहीका अहंकारमा, केहीको ईष्यावश एउटा नयाँ पार्टी दर्ता गर्ने तहसम्म पुग्नुभएछ,’ उनले भने, ‘तर आन्दोलनलाई नोक्सान पार्ने, कतिसम्म सकिन्छ त्यतिसम्म नोक्सान पार्ने त्यस काममा लागिरहनुभएको छ । केन्द्र प्रदेश र पालिकामा विभिन्न तहमा, विभिन्न तहका पार्टी कमिटी र संगठनहरु, जनवर्गिय, पेशागत र सामुदायिक संगठनहरु आन्दोलनलाई कमजोर पार्ने र पार्टीलाई कमजोर पार्ने काममा लाग्नुभएको छ जुन दुःखद कुरा हो ।’

एमालेलाई केन्द्र, प्रदेश, जिल्लादेखि स्थानीय तहसम्म कमजोर पार्न लागिएको उनको भनाई छ । अध्यक्ष ओलीले आफूहरु हिँडेको बाटो गलत नभएको पनि उल्लेख गरे।
    

Logo