नेकपा (माओवादी केन्द्र)को युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपालको राष्ट्रिय भेला यही भदौ १२ र १३ गते हुने भएको छ ।
वाइसिएलले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भेला भर्चुअल माध्यमबाट हुन लागेको जानकारी अध्यक्ष रामप्रसाद सापकोटाले दिए । सातै प्रदेशका प्रतिनिधि र पर्यवेक्षक सम्बन्धित प्रदेशको राजधानीमा जम्मा भई भर्चुअल माध्यमबाट भेलामा सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
‘उत्पादन, स्वरोजगार र आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौँ, सुदृढ सङ्गठन र परिवर्तनलाई संस्थागत गर्न वाइसिएल नेपालको राष्ट्रिय भेला सफल पारौँ’ भन्ने नारासहित हुन लागेको भेलाले नयाँ नेतृत्व चयन गर्नेछ ।
भेलालाई माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहको अध्यक्ष सापकोटाले जानकारी दिए ।
भेलामा सङ्गठनको राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र कार्यसमितिको चयनलगायत एजेण्डा रहेको छ । अध्यक्ष सापकोटाले आफूले पुनः उम्मेदवारी नदिने बताए ।
भेलामा ६४७ प्रतिनिधि एवं पर्यवक्षेकको सहभागितामा रहनेछ । रासस





























प्रतिक्रिया