जसपाबाट को को बन्दैछन् मन्त्री ?

जसपाबाट को को बन्दैछन् मन्त्री ?

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्रीको आंकाक्षी धेरै छन् । 

जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाने तयारीमा रहेको स्रोत बताउँछ । अध्यक्ष यादवले देउवा सरकारमा उपप्रधानमन्त्रीसहित महत्वपूर्ण परराष्ट्र मन्त्रालयको दावी गरेका छन् ।

जसपाका वरिष्ठ नेता महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव, रेणु यादव, रानी मण्डलको नाम मन्त्री बन्ने प्रमुख सूचीमा रहेको छ।

उता जसपा अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरसियाले पार्टीबाट को को मन्त्री बन्ने टुंगो नलागेको बताउँछन् । उनले केन्द्रविन्दुसँग भने, ‘भदौ १३ गते पार्टी अध्यक्ष यादव भैरहवाको कार्यक्रम सकाएर काठमाडौं आउनुहुन्छ । त्यसपछि गठबन्धनको बैठकमा कुन पार्टीले कति, कुन मन्त्रालय पाउने बल्ल टुंगो लाग्ला।’ उनका अनुसार त्यसपछि बल्ल मन्त्री बन्ने टुंगो लाग्ला । 

यसअघि हाल लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेको ओली सरकारमा जसपाको महन्थ–महतो समूहका १६ मध्ये ११ जना सांसद मन्त्री भएका थिए ।

महन्थ–महतो समूह छाडेर आएका सांसदहरु पनि मन्त्रीका आकांक्षी रहेकाले अध्यक्ष यादवलाई मन्त्री छान्न सकस छ । स्रोतका अनुसार अध्यक्ष यादव आफू मन्त्रीमण्डलमा नगएर महेन्द्र राय यादवको नेतृत्वमा सरकारमा पठाउन सक्ने सोंचमा पनि रहेका छन् । 

Logo