सुर्खेतमा तरुण दलका एक वडा उपाध्यक्षमाथि खुँडा प्रहार भएको छ।
वीरेन्द्रनगर नगरपालिका–१ का तरुण दलका उपाध्यक्षसमेत रहेका २५ बर्षीया सन्तोष गिरीमाथि वीरेन्द्रनगको धमला चोकमा खुँडा प्रहार भएको प्रहरीले बताएको छ। शुक्रबार बेलुकी ६ बजेतिर धमला चोकको एक कटेजमा घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले गिरीको दायाँ हातको बुढी औंला र बायाँ हातमा चोट लागेको जानकारी दिए। यद्यपि घटनाबारे थप कुरा अनुसन्धानपछि जानकारी गराउने उनले बताए।
मोटरसाइकलमा आएको एक समूहले सन्तोषमाथि खुँडा प्रहार गरेको तरुण दलका जिल्ला अध्यक्ष हरि विष्टले जानकारी दिए। उनले भने, ‘घटनाको सुरुवात बिहीवार साँझ एक होटेलबाट नै भएको बुझिएको छ। खुँडा हान्ने को हुन् भन्नेबारे स्पष्ट जानकारी आइसकेको छैन।’
गिरीको वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ।न्युज कारखानाबाट





























प्रतिक्रिया