मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछः कानुनमन्त्री कार्की

मन्त्रिमण्डलले चाँडै पूर्णता पाउँछः कानुनमन्त्री कार्की

केन्द्रबिन्दु
0
Shares

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुरा गर्दै उनले सबै दलसँग छलफल गरेर  छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पारेका हुन्। सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन  कुरा भइरहेको जानकारी दिए।

समयको महत्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरी  दिगो विकासका कार्य गर्ने प्रष्ट पारेका उनले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यक्ता र बाध्यताले ल्याइएकाले आगामी अधिवेशनमा यस सम्बन्धमा छलफल हुने जानकारी दिए। 

एक प्रश्नको जवाफमा मन्त्री कार्कीले नेपाली कांग्रेसको अधिवेशन तोकिएकै समयमा गर्न भदौ १८ गते वडास्तरीय अधिवेशन गरिने  र सभापतिको उम्मेदवारीका लागि पनि सूचना जारी गरिने जानकारी दिए। एमसीसी एक विकास परियोजना भएकाले यो हाम्रो मुलुकलाई जरुरी छ भन्दै उनले यस सम्बन्धमा दलहरुबीच छलफल गरेर मात्र पारित गरिने बताए।

मन्त्री कार्की सुनसरीको रामधुनी नगरपालिकाको कार्यक्रमका लागि यहाँ आइपुगेका हुन्।

Skip This
Skip This
Logo