सुनसरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता एवम् पूर्वमन्त्री रामकुमार सुब्बाले मौलिक धर्म, परम्पराको सम्मान र जगेर्नाबाट नै देश र समाज सुढृद हुने बताएका छन् ।
‘आदिवासी धर्म, सँस्कृतिको आफ्नै भूमिका र देन छ । यसै अनुरुप मौलिक लिम्बु परम्परालाई निरन्तर राख्नु महत्वपूर्ण हुन्छ,’ पूर्वमन्त्री सुब्बाले शनिबार भने ।
स्वर्गीय क्या. इन्द्रबहादुर लिम्बुको चार दिनको शुद्धशान्ति कार्यक्रममा बोल्दै सुब्बाले यस्तो विचार व्यक्त गरेका हुन् । इटहरी नगरपालिका–१० का स्थानीय लिम्बुको १०२ वर्षको उमेरमा निधन भएको थियो ।
अवकाशप्राप्त बेलयाती सेनाका क्याप्टेन लिम्बुका ६ श्रीमतीमध्ये ४ जना जिवित छन् । उपस्थित सबै परिवारजनलाई सात्वना दिँदै राप्रपाका वरिष्ठ नेता सुब्बाले मृत आत्माप्रति श्रद्धान्जली अर्पण गरे ।
‘दोस्रो विश्व युद्धका सेनानी, क्या. इन्द्रबहादुर लिम्बु समाजको गहना हुनुहुन्थ्यो । समाजसेवीका रुपमा परिचित क्याप्टेन लिम्बुले देश भित्र र बाहिर निर्वाह गर्नुभएको भूमिका अतुलनीय छ,’ सुब्बाले भने ।































प्रतिक्रिया