उपचार सकेर झलनाथ खनाल भोलि स्वदेश फर्किंदै

उपचार सकेर झलनाथ खनाल भोलि स्वदेश फर्किंदै

केन्द्रबिन्दु
0
Shares

पूर्वप्रधानमन्त्री झलनाथ खनाल भोलि सोमबार स्वदेश फर्किंदैछन्। उनका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार भारतको एपोलो अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका खनाल भोलि अपरान्ह स्वदेश फर्किन लागेका हुन्। 

गत २ असारमा दिल्लीको एपोलो अस्पताल भर्ना भएर उपचार गराएका खनालको गत २० साउनमा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण गरिएको थियो। 

मुलुकमा एमालेभित्रको चरम शक्ति संघर्षका बेला उपचारमा रहेका खनाल माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य हुन्। नेपाल आइपुगेलगत्तै उनले निर्वाचन आयोगले एकीकृत समाजवादी दल दर्ताका लागि गरेको सनाखतमा हस्ताक्षर गर्नेछन्।न्युज कारखानाबाट

Skip This
Skip This
Logo