पार्टीको नेतृत्वमा युवा हुनुपर्ने बताउँदै आएका कांग्रेस नेता गगनकुमार थापाले १४ औं महाधिवेशनमा पनि महामन्त्री पदमै उम्मेदवारी घोषणा गरेका छन्।
काठमाडौं महानगरपालिका वडा–३० का क्रियाशील सदस्यहरूको भेलालाई सम्बोधन गर्दै आज उनले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। यसअघि सभापति पदमा उम्मेदवारी दिने बताएका थिए। सभापति पदमा युवा हुनुपर्ने भन्ने मध्येका उनी एक नेता हुन्।
२०७४ मा भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टीले हार बेहोरेपछि वृद्ध नेताहरूले युवालाई अगाडि बढाउनुपर्ने बताउने गर्थे। तर, उनी सभापति पदमा उम्मेदवारी घोषणा गर्नबाट पछि हटे।
पार्टीको १३ औं महाधिवेशनमा पनि उनी महामन्त्री पदका उम्मेदवार थिए। जतिबेला उनी रामचन्द्र पौडेलपक्षीय नेता डा. शशांक कोइरालासँग पराजित भए। सभापति शेरबहादुर देउवापक्षबाट उनका ससुरा अर्जुननरसिंह केसी पनि महामन्त्री पदका उम्मेदवार थिए।





























प्रतिक्रिया