माधव नेपालले जबज त्याग्दा प्रदीप नेपालले माधवलाई नै छाडे

माधव नेपालले जबज त्याग्दा प्रदीप नेपालले माधवलाई नै छाडे


नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय कमिटी सदस्य प्रदीप नेपालले पार्टी छाड्ने निर्णय गरेका छन्। उनले आज सामाजिक संजालमार्फत अध्यक्ष माधवकुमार नेपाललाई झेलीको आरोप लगाउँदै आफू पार्टीबाट विदा भएको जनाएका छन्।

उनी भदौं ९ गते निर्वाचन आयोगमा सनाखतको लागि उपस्थित भएका थिए। तथापि चन्द्रागिरिमा भएको बैठकमा भने उपस्थित थिएनन्।

सामाजिक संजालमार्फत नै उनले आफू कतै पनि नलागेको लेखेका थिए । तर, एकाएक उनी नेकपा एकीकृत समाजवादीमा लागेका थिए।

नेता प्रदीप नेपाल आफू केपी शर्मा ओलीसँग पनि नजाने निष्कर्षमा पुगेका छन्। ‘केपी तानाशाही हो, त्यो प्रवृत्तिको म सधैं विरोधी हुँ, उनले लेखेका छन्।

त्यसो त उनी तटस्थ बस्नुको कारण चाहिँ माधव नेपालले पनि झेली कुरा गर्न सिकेको कारण उल्लेख गरेका छन्।

‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस भनेको थिएँ। तर आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानु पर्ने भो,’ उनले लेखेका छन्।

प्रदीप नेपालले जबजकै कारण माधव नेपाललाई छाडेका हुन्। यता नवगठित पार्टी नेकपा एकीकृत समाजवादीले भने जनताको बहुदलीय समाजवादलाई अंगिकार गर्ने भएको छ।

Logo