जनमानसमा रहेको भ्रम चिर्न भन्दै अमेरिकी सहायताको परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे टिभीमा विज्ञापन बज्न थालेपछि विवादित बनेको छ ।
एपीवान टेलिभिजनमा विज्ञापन एक दिन मात्रै बजेकोमा अब टेलिभिजनले प्रशारण नगर्ने भन्दै माफी मागेको छ ।
एपीवान टेलिभिजनले आफ्नो फेसबुक पेजमा आमदर्शक तथा शुभचिन्तकबाट ध्यानाकर्षण भएपछि यो निर्णय लिइएको जनाएको छ ।
‘निजी टेलिभिजनले पालना गर्नुपर्ने सबै नियम र कानूनभित्र रहेर प्रशारण गरिएको भए पनि उल्लेख्य संख्याका दर्शक तथा शुभचिन्तकले असहमति जनाएका कारण सार्वजनिक दायित्व पालना गरिएको जिम्मेवार संस्थाको रुपमा एपीवान व्यवस्थापनले उक्त विज्ञापन अब उप्रान्त प्रशारण नगर्ने निर्णय गरेको छ,’ टेलिभिजनद्वारा जारी सूचनामा भनिएको छ ।
एमसीए नेपालले एमसीसी कार्यक्रमका बारेमा विभिन्न अफवाहहरु फैलिएकाले सन्देशमूलक विज्ञापन बनाएर प्रशारण गरिएकोे जनाएको थियो।





























प्रतिक्रिया