बागमतीका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

बागमतीका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

केन्द्रबिन्दु
0
Shares

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले पदबाट राजीनामा दिएका छन् । एमाले नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा सरकार गठन भएकै दिन मन्त्री बनेका खनालले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् । 

मंगलबार उनले औपचारिक रुपमा खनालले एमाले परित्याग गरी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार गठन भएकै दिन खनाल मन्त्री बनेका थिए । उनले भने,'मैले अर्कै दल रोजेकाले काम गर्न सजिलो होस् भनेर मन्त्री पदबाट राजीनामा गरेको हुँ । '

विगतमा माधव नेपाल खेमामै रहेकी अष्टलक्ष्मी शाक्य कित्ता परिवर्तन गरी दुई हप्ता अगाडि बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । बागमती प्रदेशका १२ सांसदले एमाले परित्याग गरी एकीकृत समाजवादी रोजेपछि उनी अल्पमतमा परेकी छन् ।

सरकार अल्पमतमा परेसँगै मुख्यमन्त्री शाक्यले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने भएको छ ।

 

Logo