नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको १४ औं महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट शुरु हुने बताएका छन् ।
बुधवार कुराकानी गर्दै प्रवक्ता शर्माले देशभर एकसाथ वडाहरुको अधिवेशन प्रारम्भ हुने दिनबाट पार्टीको महाधिवेशनको श्रृंखला प्रारम्भ हुने बताएका हुन् ।
उनले काँग्रेसका पार्टीमा आवद्ध पदाधिकारीहरुले महाधिवेशनमा भेटघाट गर्दा र कार्यक्रम गर्दा सबैलाई मास्क लगाउन पनि अपील गरे ।
१८ गतेबाट महाधिवेशन शुरु गर्ने भनिएपनि ५६ वटा जिल्लाको मात्रै क्रियाशील सदस्यहरुको सूची सार्वजनिक भएको छ ।
उनले भने, ‘कुनै भूगोलमा कोरोनाको जटिलता वा अन्य केही जटिलता र क्रियाशील सदस्यता नटुंगिएको खण्डमा ती जिल्लाको अधिवेशनलाई १८ बाट १९,२०,२१ आफ्नो अनुकुलता अनुसार गर्न सक्ने छन् ।’





























प्रतिक्रिया