ओलीको प्रश्न- कसलाई खुसी पार्न चीनसँग सीमा विवाद भनेर समिति बनाएको ?

ओलीको प्रश्न- कसलाई खुसी पार्न चीनसँग सीमा विवाद भनेर समिति बनाएको ?

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले चीनसँग कुनै सीमा विवाद नभएको दाबी गरेका छन् ।

शनिबार राष्ट्रिय सभागृहमा पार्टीको बृहत् कार्यकर्ता भेलालाई गर्दै ओलीले नेपाल-चीन सीमा विवाद भनेर समिति गठन गरिएकोमा आपत्ति जनाए । उनले कसलाई खुसी पार्न समिति गठन गरेको भनेर प्रश्नसमेत गरे ।

सरकारले हुम्लालगायत उत्तरी सीमामा विवाद देखिएको भन्दै गृह मन्त्रालयका सहहसचिवको नेतृत्वमा छानविन समिति गठन गरेको छ । यसमा प्रतिक्रिया जनाउँदै ओलीले भने, ‘चीनसँग कुनै सीमा विवाद छँदै छैन । कसलाई खुसी पार्नका लागि चीनसँग सीमा विपवाद भनेर समिति बनाउनुपर्‍यो ? म चुनौतीका साथ भन्छु यो समितिले सीमा विवाद देखाओस् । सीमा विवाद छैन । कसलाई खुसी पार्न खोजेको हो ?’ वर्तमान सत्ता गठबन्धनले भारत र चीनसँगको सम्बन्ध तनावग्रस्त बनाउँदै लगेको अध्यक्ष ओलीको आरोप छ ।

साथै, एमाले अध्यक्ष ओलीले विगतमा मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सम्झौता गरेका व्यक्तिहरु नै अहिले बोल्न डराएको आरोप लगाएका छन् ।

कार्यकर्ता भेलामा ओलीले एमसिसीमा सत्ता गठबन्धनको धारणा मागे । ‘यिनै मान्छेहरु हुन् कांग्रेस र माओवादी भएका बेला एमसिसी गरे । अहिले एमसिसीमा बोल्दैनन् । झुक्याएर पास गर्न खोज्या छ । के गर्ने हो भन्दैनन् । जनताका अगाडि यिनीहरुले गरेको एमसीसी के गर्ने ? देउवाजी, प्रचण्डजी बोल्नुपर्दैन । के गर्ने एमसीसी ? उहाँहरु चुपचाप हुनुहुन्छ। यस्ता अनगिन्ती कुराहरु गोप्य राखेर नेपाली जनतालाई छक्याएर अघि बढ्न खोजेका छन्,’ उनले भने ।

ओलीले सुकुम्वासी आयोग खारेज र आफूले सुरु गरेका योजना रोक्ने सरकारको निर्णयको पनि आलोचना गरे । ‘पहिला गरिबमाथि बञ्चरो प्रहार गरेर सुरु गर्‍यो । त्यसपछि विकास निर्माणका काम एकपछि अर्को भत्काउन थाल्यो,’ उनले भने ।

ओलीले वर्तमान सरकारले धराहरा पनि भत्काउन सक्ने भन्दै चनाखो हुन आह्वान गरे । ‘तपाईहरु नहुने हो भने भक्तपुरमा एकपटक राति क्रेन लगेर मूर्तिको घाँटी मर्काएजस्तै धरहराको पनि क्रेन ल्याएर यिनीहरुले घाँटी मर्काउँछन् । देख्न नसकेर, विकास निर्माण यसरी गर्ने हो, धरहरा यसरी बनाउने हो भनेर मर्काउन सक्छन्,’ ओलीले भने, ‘रानीपोखरीमा ढुंगा हान्न सक्छन् । मूर्ति भक्काउन सक्छन् । याद गर्नुस् यिनीहहरुले कुनै रचनात्मक काम गर्न सक्दैनन् । बिगार्दै गएका छन् ।’ 

वर्तमान सरकारले विकासको गतिलाई रोकेर कर्मचारीतन्त्रमा आतंक फैलाएको ओलीको आरोप थियो । ‘कर्मचारी कसैलाई निकालेको छ, स्पष्टीकरण सोधेको छ । कसैलाई सुख नदिने,’ ओलीले सोधे, ‘कर्मचारी, जनता, सुकुम्वासी, गरिबलाई सबैलाई दुःख दिएका छन् । न्युज कारखाना

Skip This
Skip This
Logo