संखुवासभामा एमाले अध्यक्षसहित ३५ जनाले रोजे एकीकृत समाजवादी

संखुवासभामा एमाले अध्यक्षसहित ३५ जनाले रोजे एकीकृत समाजवादी

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले संखुवासभाका अध्यक्षसहित ३५ जना जिल्ला कमिटी सदस्यले नेकपा एकीकृत समाजवादी रोजेका छन्। जिल्ला कमिटी अध्यक्ष हेमराज घिमिरेसहित ३५ जिल्ला कमिटी सदस्यले शनिबार जिल्ला समन्वय समितिको सहलमा आयोजित कार्यक्रममा एकीकृत समाजवादी रोज्ने घोषणा गरेका हुन्।

नेकपा एमालेका २६ जना सचिवालय सदस्य मध्ये १५ जना समाजवादीमा खुलेका छन्। सचिवालय सदस्यहरू ऋषिकेशव चापागाईं, कृष्णकुमार तामाङ, मानसिं पोख्रेल, बद्री सापकोटा, सुमन शाक्य, केशरबहादुर महते, राजेन्द्र सुब्बा, योगराज गाउँले, डम्बरबहादुर श्रेष्ठ, केश कुमारी खत्री कार्कीले एकीकृत समाजवादी रोजेका हुन्।

यस्तै डेगेश्वरी श्रेष्ठ, सरिता थापा खड्का, श्यामसुन्दर बोगटी, पदमकुमारी गुरुङले एकिकृत समाजवादी रोजेको समाजवादी संखुवासभाका नेता हेमराज घिमिरेले बताए।

त्यसैगरी जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य, खाँदबारी नगरपालिकी उप्रमुख डेगेश्वरी श्रेष्ठ, चैनपुर नगरपालिकी उपप्रमुख मुना श्रेष्ठलगायत वडा अध्यक्ष तथा सदस्यहरूले एकीकृत समाजवादीमा सनाखत गर्ने जनाएका छन् । 

माधवकुमार नेपाल पक्षमा रहेका जिल्ला कमिटी उपाध्यक्ष भीम लिङ्खा भने अहिल कतै खुलेका छैनन्। एमाले पूर्वअध्यक्ष तथा केन्द्रीय लेखा समिति सदस्य उमेशकुमार डाँगी पनि एकीकृत समाजबादीमा लागेका छन्। प्रदेश सभा सदस्य सरीता थापा, पदमकुमारी गुरुङले समाजवादी पार्टीमा सनाखत गरिसकेका छन्।

एकीकृत समाजवादीको जिल्ला कमिटी बैठक तीन दिनसम्म चल्ने बताइएको छ। बैठकले आगामी रणनीति तयार गर्ने एकीकृत समाजवादी संखुवासभाले जनाएको छ। ५८ जिल्ला कमिटी सदस्य मध्ये उपाध्यक्ष वाङ्दावी भोटे, सचिव खड्ग राईसहित २३ जिल्ला कमिटी सदस्य भने एमालेमै छन्।न्युज कारखाना

Skip This
Skip This
Logo