खोटाङका ७७ वडामा कांग्रेस अधिवेशन टुंगियो, २ वडाको बाँकी

खोटाङका ७७ वडामा कांग्रेस अधिवेशन टुंगियो, २ वडाको बाँकी

केन्द्रबिन्दु
0
Shares

खोटाङका ७७ वडामा नेपाली कांग्रेसको अधिवेशन टुंगिएको छ। नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जिल्लाका ७९ वडामध्ये ७७ वडाको अधिवेशन टुंगिएको हो।

७० वडामा सर्वसहमत र ७ वडामा निर्वाचनका माध्यमबाट नेतृत्व चयन भएको कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले बताए। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाको अधिवेशन शुक्रबारदेखि स्थगित छ। 

विवादका कारण दिप्रुङ चुईचुम्मा गाउँपालिकाको याम्खाको मत गणना शनिबार दिउँसोदेखि रोकिएको छ। निर्मलीडाँडा र याम्खा बाहेक अन्य वडाको अधिवेशन टुंग्याइसकिएको कांग्रेसले जनाएको छ। 

सहमती नजुट्दा दिप्रुङ चुईचुम्मा गाउँपालिकाको डाँडागाउँ र बतासे, जन्तेढुंगा गाउँपालिकाको चिसापानी र काहुले, केपीलासगढी गाउँपालिकाको बाक्सिला र सुंदेल तथा ऐसेलुखर्क गाउँपालिकाको बाकाचोलमा मतदानका माध्यमबाट वडा अधिवेशन टुंग्याइएको हो। 

खोटाङमा कांग्रेसका ६ हजार ८०० क्रियाशील सदस्यले वडा अधिवेशनमा सहभागीता जनाएका छन्। कांग्रेसको वडा अधिवेशबाट वडा सभापतिसहित २३ सदस्यीय वडा कार्य समिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने व्यवस्था छ। कांग्रेसको उपल्लो पदमा लड्नका लागि क्षेत्रीय प्रतिनिधि अनिवार्य चुनिनुपर्ने भएकाले क्षेत्रीय प्रतिनिधि चयनमा मारामार हुने गरेको छ।न्युज कारखाना

Skip This
Skip This
Logo