एमालेको जेठ २ कार्यान्वयनः रामेछाप जिल्ला अध्यक्षमा पौडेल, सचिवमा श्रेष्ठ

एमालेको जेठ २ कार्यान्वयनः रामेछाप जिल्ला अध्यक्षमा पौडेल, सचिवमा श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले रामेछाप २०७५ जेठ २ अघिको अवस्थामा फर्किएको छ । 

प्रदेशसभा सदस्यसमेत रहेका शान्तिप्रसाद पौडेल माधव नेपाल समूह छाडेर एमालेमै बस्ने निर्णय गरेपछि पौडेल जिल्ला अध्यक्षमा पुनर्बहाली भएका छन् । 

साविक नेकपाको जिल्ला अध्यक्ष बनेका आनन्द श्रेष्ठ पहिलेकै सचिव पदको जिम्मेवारीमा फर्किएका छन्।

नेकपा एकीकरणपछि माओवादीले अध्यक्ष पाउँदा पौडेल सचिव भएका थिए । सर्वोच्चको फैसलाले एमाले ब्युँतिए पनि पुस ५ पछि साविक नेकपाको जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ र सचिव पुरुषोत्तम कडरिया चुनिएसँगै एमालेको नेतृत्व रहेको थियो। 

तर पौडेल एमालेमै क्रियाशील भएसँगै सोमबार बसेको पदाधिकारी बैठकले १० बुँदे सहमतिअनुसार पार्टीका जिल्ला तथा स्थानीय संरचनाहरुलाई अघि बढाउने निर्णय गरेको जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेलले जानकारी दिए ।

सोमबारबाटै पौडेल एमाले अध्यक्षको जिम्मेवारीमा फर्किएका छन् । एमाले रामेछापका इन्चार्ज कैलाशप्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा भएको पदाधिकारी बैठकले १० बुँदेलाई वडा तहसम्म लैजान निर्णय गरेको हो ।

पदाधिकारी बैठकले यही भदौ २६ गते जिल्ला कमिटीको बैठक बोलाउने निर्णय गरेको पनि पौडेलले बताएका छन्। 

Logo