सरकारको ध्यान सामुदायिक शिक्षालाई प्रभावकारी बनाउन केन्द्रित : प्रधानमन्त्री देउवा

सरकारको ध्यान सामुदायिक शिक्षालाई प्रभावकारी बनाउन केन्द्रित : प्रधानमन्त्री देउवा

केन्द्रबिन्दु
0
Shares

शिक्षा मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई साक्षर बनाउन सरकारका क्रियाकलाप केन्द्रित रहेको बताएका छन् ।

५५औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा  बुधबार गोरखापत्रमार्फत शुभकामना सन्देश जारी गर्दै देउवाले  गुणस्तरीय, रोजगारमूलक, व्यवसायिक र प्राविधिक शिक्षामा जोड दिँदै संघीयताको स्वरूप अनुरूप शिक्षालाई जनताको पहुँचभित्र राख्न सामुदायिक शिक्षा प्रणालीलाई प्रभावकारी बनाउन सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरेका छन् ।

उनका अनुसार मुलुकमा कोभिड-१९ को महामारीबीच पनि साक्षर नेपालको अभियान अगाडि बढिरहेको छ । निरन्तर शिक्षालाई संस्थागत गर्दै आगामी दिनमा बाँकी (२३ जिल्ला)को साक्षरता अभियान सञ्चालन गरी साक्षर नेपाल घोषणा गर्नेतर्फ सरकारका गतिविधि केन्द्रित हुन उनले उल्लेख गरेका छन्  । न्युज कारखाना ।

Logo