थारू समुदायले संविधान दिवसलाई कालाे दिनका रुपमा मनाउने

थारू समुदायले संविधान दिवसलाई कालाे दिनका रुपमा मनाउने


देशभर संविधान दिवस मनाइरहँदा कैलालीमा थारू समुदायले भने यस दिनलाई कालो दिनका रुपमा मनाउदै संविधान जलाउने भएका छन् । 

संविधानमा आफ्ना अधिकार नसमेटेकाले संविधानको धारा २ सय ७४ र अनुसुचि ४ जलाउएर कालो दिन मनाइने थारू कल्याणकारिणी सभा कैलालीका अध्यक्ष माधव थारूले बताए ।

‘विगतदेखि नै हामीले संविधान दिवसलाई कालो दिनका रुपमा मनाउदै आएका छौँ,’ उनले भने, ‘यस पटक पनि त्यसलाई निरन्तरता दिइनेछ ।’ उनले थारू समुदायका मागलाई संविधानमा नसमेटिएसम्म संविधान नमान्ने बताए । ‘थरूहट थारूवान स्वायत्त राज्य, टीकापुर घटनामा दोषी ठहरिएकाको रिहाई’ लगायतका माग राखेर थारू समुदाय आन्दोलनमा छन् ।

थारू समुदायले आज कैलालीको जोशीपुरमा सभासहित कालो दिवस मनाउने कार्यक्रम रहेको थारूले बताए । थारू कल्याणकारिणी सभा कैलाली, थरूहट थारूवान राष्ट्रिय मोर्चा र थारू विद्यार्थी समाजले सभाको संयुक्त आयोजना गर्ने जनाइएको छ । 

प्रदेश सरकारले दीप प्रज्वलन गर्ने

सातौँ सविधान दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले भिडभाडका कार्यक्रम केही नगर्ने निर्णय गरेकोछ । प्रदेश सरकारले ३ दिनसम्म दीप प्रज्वलन गरेर संविधान दिवस मनाउने निर्णय गरेको छ ।

कोरोना संक्रमणका कारण भिडभाड हुनेगरी सभा सम्मेलन नगर्ने प्रदेश सरकारले निर्णय गरेको हो । प्रदेशका सबै सरकारी कार्यालय, मन्त्रालयमा २,३ र ४ गते दीप प्रज्वलन गरी ७ ‌औं संविधान दिवस मनाउन लागेको हो ।न्युज कारखाना

Logo