राष्ट्रिय युवा संघ नेपाल लेटाङ नगरको विस्तारित बैठक सम्पन्न

राष्ट्रिय युवा संघ नेपाल लेटाङ नगरको विस्तारित बैठक सम्पन्न

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय युवा संघ नेपाल लेटाङ नगर कमिटीले विस्तारित बैठक सम्पन्न गरेको छ।

बैठकले राष्ट्रिय युवा संघ नेपाल लेटाङ नगर कमिटीका संयोजक खेमराज ढकाल ‘इन्द्र’ केन्द्रीय सदस्यमा मनोनित भएपछि सहसंयोजक उर्गेन तामाङलाई संयोजकको जिम्मेवारी प्रदान गरेको छ।

त्यस्तै संघले ६५ सदस्यीय नगर कमिटी घोषणा तथा प्रदेशसभा मोरङ ख, निर्वाचन क्षेत्र मोरङ १ र जिल्ला कमिटीमा नामावलीसमेत सिफारिस गरेको छ ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष रविन थापा, संघकै मोरङ अध्यक्ष तथा केन्द्रीय सदस्य नवीन पौडेल, केन्द्रीय सदस्य रुद्र श्रेष्ठ, नेकपा एमाले लेटाङ नगर अध्यक्ष भुपेन्द्र लावती, अनेम संघ लेटाङ अध्यक्ष तथा नगर उपप्रमुख कृष्णकुमारी निरौलालगायत  नेकपा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको उपस्थिति रहेको संयोजक तामाङले जानकारी दिए।
 

Skip This
Skip This
Logo