नेकपा एस रामेछापको जिल्ला अध्यक्षमा रमेश वस्नेत

नेकपा एस रामेछापको जिल्ला अध्यक्षमा रमेश वस्नेत


नेकपा एकीकृत समाजवादीले शनिबार रामेछाप जिल्ला कमिटी गठन गरेको छ।

शनिबार रामेछापको सदरमुकाम मन्थलीमा भएको कार्यकर्ता भेलामा वागमती प्रदेश इन्चार्ज केदार न्यौपानेको उपस्थितिमा जिल्ला इन्चार्ज देवशंकर पौडेलले नवगठित कमिटीको घोषणा गरे ।

नेकपा एसको रामेछाप जिल्ला कमिटी अध्यक्षमा मन्थली नगरपालिकाका मेयर रमेश बस्नेत चयन भएका छन् भने उपाध्यक्षमा दोरम्बाका धनलाल योन्जन  र तिलपुङका रामवहादुर बुढाथोकी चयन भएका छन्।

त्यस्तै, नेकपा एसको रामेछाप जिल्ला कमिटी सचिवमा लालसिंह घिसिङलाई चयन गरिएको भएको नेकपा एसका जिल्ला इन्चार्ज पौडेलले बताए ।

उनका अनुसार अहिले २०९ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ। तर, सबै जिल्ला कमिटि सदस्यको नाम भने टुंगो लाग्न बाँकी रहेको उनले केन्द्रबिन्दुलाई जानकारी दिए।

रामेछापका जिल्लाका ८ स्थानीय तहमध्ये एमालेले ५ वटा स्थानीय तहमा जितेको थियो । तीमध्ये मन्थलीका मेयर बस्ने र गोकुलंगा ५ का वडाध्यक्ष बलराम खड्का सहित ५ जना जनप्रतिनिधिले मात्रै नेकपा एस रोजेका छन् ।

Logo