सभामुख सापकोटाविरुद्धकाे मुद्दाकाे पेसी संवैधानिक इजलासमा

सभामुख सापकोटाविरुद्धकाे मुद्दाकाे पेसी संवैधानिक इजलासमा

केन्द्रबिन्दु
0
Shares

सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध दर्ता भएको रिटको पेसी संवैधानिक इजलासमा तोकिएको छ। 

सशस्त्र द्वन्द्वकालको समयमा काभ्रेका स्थानीय अर्जुन लामाको हत्या गरेको अभियोगमा पूर्णिमाया लामा लगायतले दायर गरेको मुद्दाको पेसी संवैधानिक इजलासमा तोकिएको हो। 

उक्त मुद्दाको सुनुवाइ बुधवार हुने सर्वोच्च अदालतका सूचना अधिकारी किशोर पौडेलले जानकारी दिए। पौडेलका अनुसार मुद्दाको पेसी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको पहिलो नम्बरमा तोकिएको छ। 

द्वन्द्वकालीन समयमा लामाको हत्यामा संलग्न रहेकाे अभियाेग खेप्दै आएका सापकोटाविरुद्ध अनुसन्धान हुनुपर्ने माग गर्दै २०६८ सालमा सर्वोच्च अदालतमा मुद्दा दायर भएको थियो। यस अघि पनि पटक पटक पेसी तोकिँदै आएको उक्त मुद्दाको सुनुवाइ स्थगित हुँदै आएको छ। 

Skip This
Skip This
Logo