एकताका लागि ढाँट र छल होइन, विधिको सर्वोच्चता सम्मान गर्नु पर्छः सह-अध्यक्ष जोशी

एकताका लागि ढाँट र छल होइन, विधिको सर्वोच्चता सम्मान गर्नु पर्छः सह-अध्यक्ष जोशी

केन्द्रबिन्दु
0
Shares

समझदारी र एकताका लागि ढाँट र छल होइन, विधिको सर्वोच्चता सम्मान गर्नु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरका सह–अध्यक्ष राजकुमार जोशीले बताएका छन्।

‘पार्टीमा सहमति, समझदारी र एकताको वातावरण कायम रहोस् भन्ने हाम्रो चाहना हो। त्यसैले ढाँट र छल होइन, सम्वाद र सहकार्यबाट सही प्रक्रिया अवलम्बन गरौं,’ एक प्रेस विज्ञप्ति जारी गर्दै जोशीले भने।

अध्यक्ष जगत थापा मगर लगायतलाई जिल्ला निर्वाचन समिति गठन नगरी अवैध अधिवेशन नगर्न पटक–पटक सचेत गराउँदा बेवास्ता गरेको जोशीको भनाइ छ। आफ्नो पक्षलाई निर्वाचन समितिको संयोजक दिने दुई पक्षीय सहमति कार्यान्यवन गरेर, अविलम्ब अधिवेशन सम्पन्न गर्न उनले आह्वानसमेत गरेका छन्।

केन्द्रीय निर्वाचन समितिले शनिबार निर्देशन जारी गरेको सन्दर्भमा सह–अध्यक्ष जोशीले भने, ‘विधिको जित भएको छ, सत्यको जित भएको छ। हाम्रो अपिलको सुनुवाई भएको छ।’

राप्रपा केन्द्रीय निर्वाचन समितिले जारी गरेको प्रेस विज्ञप्तिमा, केन्द्रीय निर्वाचन समितिले अख्तियारी प्रदान गरेको जिल्ला निर्वाचन समितिले विधि र प्रक्रिया पुर्याएर सम्पन्न गरेको निर्वाचन बाहेक अन्य कुनै निकायले सम्पन्न गरेको निर्वाचन मान्य नहुने व्यहोरा जानकारी गराइएको छ।

‘अवैधानिक काम नगर्नुहोस्, एकताको वातावरण नबिगार्नुहोस् भनेर राप्रपा पाँचथर अध्यक्ष जगत थापा मगर लगायत साथीहरूलाई हामीले बारम्बार भन्यौं। एकलौटी वैठक, एक पक्षीय निर्णय, विधिवत बाटो होइन, निकास होइन भन्यौं। जिल्लामा निर्वाचन समिति नै नबनी राजनीतिक तहबाट हुने, गरिने निर्वाचन कार्यक्रमले मान्यता पाउँदैन भन्यौं,’ विज्ञप्तिमा भनिएको छ।

‘एक्लौटी निर्णय, किर्ते हस्ताक्षरबाट अघि बढाइएको अवैध निर्वाचन रोकी पाउँ भनेर पार्टी केन्द्रमा निवेदन गर्यौं। अवैध अधिवेशन कार्यक्रम सच्याउन कार्यकतामाझ कार्यक्रम संचालन गर्यौं।’

कार्यकर्ताको माग बमोजिम राजनीतिक संस्कार भएका चरित्रवान, सक्षम र जिम्मेवार प्रतिनिधिहरूलाई निर्वाचित गर्नु पर्ने उनको भनाइ छ।

‘कुनै पनि बहानामा अधिवेशन विथोल्ने कार्य नगरौं,’ जोशीले भने। ‘हतास नबनौं, पार्टीमा सबैलाई सम्मानित स्थान प्राप्त हुने नै छ।’

Skip This
Skip This
Logo