नेपाली कांग्रेस संखुवासभाको सभापतिमा संस्थापनइतर समूहका दीपक खड्का निर्वाचित भएका छन्।
सोमबार बिहान सम्पन्न भएको मतगणनाअनुसार उनी १ हजार १९८ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी राईबहादुर राईले जम्मा ११० मत ल्याए ।
यस्तै उपसभापतिमा रामकुमार जिमी ९१६ र अनन्त गौली ६७० मत ल्याएर विजयी भएका छन् भने सचिवमा टकमान घले र कुमारबाबु अधिकारी, सहसचिवमा किशोर कुमार गुरुङ र सुवास कालाखेती विजयी भएका छन्।
यसअघि पूर्व रुकुम,हुम्ला र मुस्ताङमा नयाँ कार्यसमिति बनेको थियो। पूर्व रुकुमका केशरमान रोका र मुस्ताङमा रोमी गौचन थकाली जिल्ला सभापति बनेका छन्। त्यसैगरी हुम्लाको कांग्रेस जिल्ला सभापतिमा मोहनविक्रम सिंह निर्वाचित भएका छन्।





























प्रतिक्रिया