महाधिवेशन प्रतिनिधिमा पराजित भए पनि जिल्लामा उम्मेदवारी दिन पाइने

महाधिवेशन प्रतिनिधिमा पराजित भए पनि जिल्लामा उम्मेदवारी दिन पाइने

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसले महाधिवेशन प्रतिनिधिमा पराजित भएका उम्मेदवारहरुले पनि जिल्ला कार्यसमितिमा उम्मेदवारी दिने पाउने भएका छन्। 

कांग्रेसले विधानमा उक्त कुरा प्रस्टरूपमा उल्लेख नभएको भन्दै आएको गुनासोको सम्बोधन गर्दै कांग्रेस निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले एक परिपत्र जारी गर्दै उक्त कुरा जानकारी गराएका हुन्।

यादवद्वारा जारी परिपत्रमा भनिएको छ, दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूको हकमा महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पराजित भएको कुनै पनि व्यक्तिले जिल्ला सभापतिबाहेक सबै पदमा उम्मेदवारी दिन पाउने छ।

कांग्रेस निर्वाचन समितिको सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको परिपत्रमा उल्लेख गरिएको छ।

Skip This
Skip This
Logo