प्रतिपक्षी सांसदहरु संसदभित्रको कुरा सुन्न तयार होऊः कांग्रेस नेता बडु

प्रतिपक्षी सांसदहरु संसदभित्रको कुरा सुन्न तयार होऊः कांग्रेस नेता बडु

केन्द्रबिन्दु
0
Shares

कांग्रेस सांसद दिलेन्द्र प्रसाद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले संसद्मा विभिन्न विषय उठाएर नाराबाजी गरेपनि त्यसको जवाफ सुन्न नचाहेको बताएका छन् । 

मंगलवारको प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद बडुले प्रमुख प्रतिपक्षी दलका सांसदहरुले नारामा विभिन्न विषयको उठान गरेको भएपनि त्यसको जवाफ सुन्न तयार नभएको विचार राखेका हुन् । 

सभामुखले संसदीय परम्परा, मूल्यमान्यता र प्रतिनिधि सभा नियमावलीबारे बारम्बार सजग गराउँदा पनि प्रतिपक्षी सांसदहरु सुन्न तयार नभएको बताए । 

संसदमा उठेका कालो धन लगायतका विषयमा सम्बन्धित पक्षले जवाफ दिनका लागि पनि संसद खोल्नुपर्ने उनले बताए । संसद खुलेमा प्रतिपक्ष दलले उठाएको सबै विषयवस्तुको जवाफ पाउने उनको भनाई छ । 

उनले नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशनले पार्टीलाई अझ सक्रिय र अनुशासित रुपमा अगाडी बढाउन आमधारणा बनेको पनि बताए । 

अर्को प्रसंगमा चुनावी परिणाम विभिन्न समूहको मिश्रित रुपमा आएको भन्दै उनले यसले पार्टीलाई समूहगत रुपमा पनि सन्तुलित राख्ने बताए । 

त्यस्तै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले प्रतिपक्षले उठाएको विषय सर्वोच्च अदालतमा विचाराधीन मुद्धा भएकाले संसद्मा त्यसलाई विषय बनाउन नसकिने बताए । सर्वदलीय बैठक बसेर संसदको गतिरोधलाई निकास दिनुपर्ने उनको भनाइ थियो ।

सांसद् कँडेलले संसद्लाई अनिर्णयको बन्दी बनाउँदा मुलुकको हित नहुने बताए । प्रतिपक्ष दलले छलफलको माध्यमबाट निकास दिनुपर्नेउनको जिकिर थियो ।

 

Skip This
Skip This
Logo