सत्तामा एउटा, बाहिर हुँदा अर्को आवाजले छिमेकीहरुसँगको विश्वसनीयता गुम्नेः मन्त्री खड्का

सत्तामा एउटा, बाहिर हुँदा अर्को आवाजले छिमेकीहरुसँगको विश्वसनीयता गुम्नेः मन्त्री खड्का

केन्द्रबिन्दु
0
Shares

परराष्ट्र मन्त्री डा नारायण खड्काले एमसीसी, सीमा, बाँध, बीआरआई लगायतका सबै मुद्दाहरु सहमति र विश्वसनीयताका आधारमा मात्रै पास गर्नुपर्ने बताएका छन् । 

उनले सहमति नभइ र राष्ट्रिय हित बिपरितका मुद्दाहरु पेस गर्न नमिल्ने पनि धारणा राखेका छन् । सिंहदरवारमा प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबार भएको कार्यक्रममा परराष्ट्रमन्त्री डा खड्काले उक्त धारणा राखेका हुन् ।

मन्त्री खड्काले सत्तामा एउटा र बाहिर हुँदा अर्को आवाज निकाल्ने हो भने परराष्ट्रहरुसँगको विश्वसनीयता हट्ने भन्दै सबै सम्झौताहरु गर्दा अध्ययन गरेर मात्रै सम्झौता गर्न सुझाव दिए ।

बैठकमा अबको परराष्ट्रनीति कस्तो बनाउने भन्ने बारेमा पनि छलफल भएको थियो । 
मन्त्री खड्काले सांसदहरुको प्रश्नको जवाफमा अबको परराष्ट्रनीति नजिकका मित्र र अन्य परराष्ट्रहरुसँगको सम्बन्धलाई एकतावद्ध गरेर जानुपर्ने बताएका थिए । 

त्यस्तै, सोही बैठकमा परराष्ट्रमन्त्री खड्कालाई समितिले बधाई तथा कार्यकाल सफलताको शुभकामना पनि दियो । 

 

Logo