कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह नगर्ने

कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह नगर्ने

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाली कांग्रेसले हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक पनि आयोजना नगर्ने भएको छ।

कांग्रेसले एक विज्ञप्ति जारी गर्दै गत वर्ष झैं यो वर्ष पनि चियापान कार्यक्रम नहुने बताएको हो।

कांग्रेसले पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि अपीलसमेत गरेको छ।

कांग्रेसले विज्ञप्ति मार्फत भनेको छ,‘महान पर्वहरु हाम्रो घर आँगनमा आइपुगेका छन्। स्वदेश र विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा यो घडी नेपाली कांग्रेस मंगलमय शुभकामना व्यक्त गर्दछ। पर्व मनाइरहँदा कोरोनाको महामारीबाट आफू र आफ्नो परिवारलाई जोगाउन उच्च सतर्कताका लागि नेपाली कांग्रेस सबैलाई अपील गर्दछ।

नेपाली कांग्रेसले हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान समारोह यसपटक आयोजना नगर्ने निश्चित गरेको छ। नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले खोपको व्यापक प्रबन्ध गरे पश्चात महामारीको त्रास र आकार घट्दै गएपनि जोखिमलाई नजरअन्दाज गर्न मिल्दैन । खोप अभियान सफल बनाउन जुट्नु र जनताको जीवन रक्षामा समर्पित रहनु हामी सबैको कर्तव्य हो । महामारीमाथि विजय हासिल गर्न हामी चाडै नै सफल हुनेछौं भन्ने विश्वासका साथ नेपाली कांग्रेस बडा दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ।’

कांग्रेसले बडा दशैंको शुभकामनासमेत दिएको छ। कांग्रेसले गत वर्ष पनि कोरोनाका कारण चियापान समारोह स्थगित गरेको थियो।

त्यस अघि हरेक साल कांग्रेसले दशैं, तिहार र छठ पर्वको शुभकामना दिन चियापान कार्यक्रम आयोजना गर्दै आएको छ।

Skip This
Skip This
Logo