आज पनि नेकपा अध्यक्षद्वय बीच बालुवाटारमा छलफल

आज पनि नेकपा अध्यक्षद्वय बीच बालुवाटारमा छलफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज पनि भेटवार्ता भइरहेको छ।

दुइ अध्यक्षबीच केही दिनदेखि निरन्तर छलफल चल्दै आएको छ। गत बिहीबार, शुक्रबार र आईतबार पनि उनीहरुबीच छलफल भएको थियो ।

मन्त्रिपरिषद पुनर्गठनका विषयमा उनीहरु बीच छलफल चल्दै आएको छ । तर निष्कर्षमा पुग्न सकेको छैन ।

Logo