सत्तारुढ दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेकाले सरकारले निजामती सेवा विधेयक फिर्ता लिनु परेको बताएका छन्।
कांग्रेस सांसद बडुले जरुरी कानुनहरुसमेत पास गर्न नदिने गरी प्रमुख प्रतिपक्ष दलले गैरजिम्मेवार ढंगले संसद अवरुद्ध पारेपछि सरकारले विधेयकहरु फिर्ता लिएर अध्यादेशको सहारा लिनुपर्ने अवस्था आएको दावीसमेत गरे। शुक्रबार संसद बैठक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
त्यसैगरी सत्तासाझेदार जनता समाजवादी पार्टी, नेपालका सांसद शरदसिंह भण्डारीले पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध पार्ने काम गरिरहेकाले कानुन बनाउने काम अघि बढ्न नसकेको भन्दै चिन्ता व्यक्त गरे।
सांसद भण्डारीले संसदीय पद्धति, संसदीय मर्यादा र संसदीय अभ्यास विपरित प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदलाई पंगु बनाउने काम गरिरहेको आरोपसमेत लगाए।





























प्रतिक्रिया