२८ असारमा सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरिदिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले २९ असारमा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
२९ असारमा देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेपछि ३ साउनमा सरकारलाई विश्वासको मत दिने दल र घटकहरू सरकारमा सहभागी हुन अग्रसर देखिए।
पाँच दलीय गठबन्धनमा राष्ट्रिय जनमोर्चाबाहेक अन्य ४ दलको सरकार बन्ने पक्का थियो।
तथापि दलले मन्त्री छान्न नसक्दा ८८ दिनसम्म मन्त्रिपरिषद्ले टुंगो पाएन।
यसबीच गठबन्धनलाई सघाएका विभिन्न दलका सांसद्ले आफू पक्का मन्त्री बन्ने दाबी गरिरहेका थिए। तर, २२ असोजमा राष्ट्रपति कार्यालयबाट जारी गरिएको विज्ञप्तिमा चर्चामा रहेका केही नाम अटाएनन्।
१. मेटमणि चौधरी
मेटमणि चौधरी नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य र सांसद हुन्। उनी नेकपा एसले ९ भदौमा आधिकारिकता पाउनुभन्दा अघिदेखि आफू मन्त्री बन्ने दाबी गर्दै आएका थिए।
उनले आफू पर्यटन मन्त्री बन्ने भन्दै आएका थिए। तर, अन्ततः उनी मन्त्रीको लिष्टबाट आउट भएका छन्। उनले दाबी गर्दै आएको मन्त्रालयमा पूर्व वन मन्त्री प्रेम आलेले बाजी मारेका छन्।
त्यसो त प्रेम आले दुई पटक मन्त्री बन्दा चौधरीले भने एक पटक पनि पाएनन्।
२. हरिबोल गजुरेल
त्यस्तै नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेल पनि अन्ततः मन्त्रीको लिष्टबाट आउट भएका छन्।
उनी पनि मन्त्री बन्ने आँकलन गरिएको थियो। उनी आफूले मन्त्री बन्ने भनेर काहि कतै नभनेको भएतापनि माओवादी केन्द्रबाट उनी मन्त्री बन्ने सम्भावना बलियो छ भन्दै अन्य नेताहरूले सार्वजानिक रुपमै बताउँदै आएका थिए।
त्यसो त हरिबोल पूर्व कृषि मन्त्री पनि हुन्। यसपटक पनि उनको नाम कृषि मन्त्रीको रुपमै चर्चामा थियो।
३. मोहम्मद इस्तियाक राई
जनता समाजवादीका नेता मोहम्मद इस्तियाक राई पनि मन्त्री बन्ने लाईनबाट आउट भए।
गठबन्धनबीच मन्त्रालयको भागबण्डा र पार्टीका नेताहरुको आन्तरिक व्यवस्थापन नमिल्दा जसपाबाट चर्चामा रहेका सांसद राईपनि चर्चामै सीमित बनेका हुन्।
राई यसअघि ओली नेतृत्वको सरकारमा शहरी विकास मन्त्री भैसकेका व्यक्ति हुन्।
सीमित सिट संख्या र अधिक आकांक्षी व्यवस्थापनका कारण उपेन्द्र यादवले नै आफू र राईलाई मन्त्री बन्नबाट रोकेको बुझिएको छ।
३. प्रमोद शाह
जनता समाजवादीका नेता प्रमोद शाह पनि मन्त्री बन्ने लाईनमा थिए तर, अन्तिम समयमा लिष्टबाट आउट भए।
उनी आउट भएको जानकारी सुरुमा त नेता मोहम्मद इस्तियाक राईले सामाजिक सञ्जालमार्फत जानकारी दिए।
प्रमोद शाहको ठाउँमा राईले नै महेन्द्र राय यादवलाई मन्त्रीको बनाइएको जानकारी दिएका थिए ।
शाह कृषि तथा पशुपन्छी विकास मन्त्री बन्ने सम्भावना थियो।
४. सुदन किराँती
नेकपा माओवादी केन्द्रका नेता सुदन किराँती पनि अन्ततः मन्त्रीको लिष्टबाट आउट भएका छन्।
उनी पनि मन्त्री बन्ने आँकलन गरिएको थियो। तर, आन्तरिक समायोजनमा उनी मन्त्रीमा परेनन्। किराँती भोजपुरबाट निर्वाचित सांसद् हुन्।
५. जीवनराम श्रेष्ठ
जीवनराम श्रेष्ठ नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन्।
उनी काठमाडौं ८ बाट निर्वाचित सांसद हुन्। नेकपा एसले ९ भदौमा आधिकारिकता पाएपछि मन्त्री बन्ने लाईनमा थिए।
तर, नेकपा एसले ४ जना मात्र मन्त्री पाएपछि उनी पनि ओझेलमा परे।
बरु भवानी खापुङले स्वास्थ्य राज्यमन्त्रीमा ईन्ट्री गरे। उनको नाम यसअघि चर्चामा थिएन।
मन्त्री उपहार पाएका गैर–सांसद गजेन्द्र हमाल
१. गजेन्द्र हमाल
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिँदा गैर–सांसद गजेन्द्र हमाल मन्त्रीमा नियुक्त भए।
उनलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ। सत्तारुढ दलभित्रै उनको विरोध सुरु भएको छ।
उनलाई न्यायलयको कोटाबाट मन्त्री बनेको आरोप छ।





























प्रतिक्रिया