वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यबाट विश्वासको मत प्राप्त गर्न संसदमा प्रस्ताव पेश

वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यबाट विश्वासको मत प्राप्त गर्न संसदमा प्रस्ताव पेश


वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेश संसद्मा प्रश्ताव पेश गरेकी छिन् । 

यही २४ गते बस्ने वाग्मती प्रदेशसभा बैठकमा प्रस्तावको रूपमा लैजान आज पत्र पेश गरेकी हुन् ।

मुख्यमन्त्री शाक्यले नेपालको संविधानको धारा १८८९२० बमोजिम दल विभाजन भएका वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था बमोजिम उक्त प्रस्ताव संसद्मा पेश गरेको बताइन् । 

उनले नेतृत्व गरेको दल एमाले विभाजन भएर उक्त दलका १२ सांसदले नेकपा एस रोजेपछि विश्वासको मत लिनुपर्ने अवस्था आएको हो ।
 
यही असोज २४ गते ११ बजेदेखि सुरु हुने वाग्मती प्रदेशसभाको बैठकमा उक्त प्रस्ताव पेश हुने वाग्मती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले पत्र बुझेपछि जानकारी दिए । रासस
 

Logo