पूर्वराजा ज्ञानेन्द्र दसैंका कार्यक्रममा सहभागी नहुने, टीका लगाउने कार्यक्रम पनि नगर्ने

पूर्वराजा ज्ञानेन्द्र दसैंका कार्यक्रममा सहभागी नहुने, टीका लगाउने कार्यक्रम पनि नगर्ने

केन्द्रबिन्दु
0
Shares

पूर्वराजा ज्ञानेन्द्र शाह यस वर्ष दसैंका कार्यक्रममा सहभागी नहुने भएका छन्।

पूर्वराजा शाहको सचिवालयले जारी गरेको सूचनामा महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा दर्शन र पूजा नगर्ने जनाइएको छ। यस्तै, पूर्वराजा शाहले दसैंका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि नगर्ने बताइएको छ।

कोरोना महामारीलाई मध्यनजर गर्दै पूर्वराजा शाह दसैंका कार्यक्रममा सहभागी नहुने भएका हुन्।

Logo