निकट भविष्यमै महिला प्रधानमन्त्री बन्न सक्ने सम्भावनाः मन्त्री उमा रेग्मी

निकट भविष्यमै महिला प्रधानमन्त्री बन्न सक्ने सम्भावनाः मन्त्री उमा रेग्मी

केन्द्रबिन्दु
0
Shares

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाल कांग्रेसकै पुरानो नेता भएकाले प्रधानमन्त्रीले मन्त्रीको जिम्मेवारी दिएको स्पष्ट पारेकी छिन् । 

रिपोर्टर्स क्लबको साक्षात्कारमा मन्त्री रेग्मीले भनिन्, “हमालजी हाम्रो पार्टीको पुरानो नेता हो । उहाँले अवसर पाउनुभएको थिएन । कसैको नाता पर्न जानु अस्वभाविक होइन । उहाँँले पार्टीलाई पुर्याउनुभएको योगदानको कदर गर्दै मन्त्रीको जिम्मेवारी दिइएको हो ।”
    
मन्त्री रेग्मीले वर्तमान सरकारमा महिलाको प्रतिनिधित्व उल्लेखनीय रुपमा हुनु सकारात्मक भएको उल्लेख गर्दै हरेक ठाउँमा एक तिहाइ महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न सकिएमा नेपालमा निकट भविष्यमै महिला प्रधानमन्त्री बन्न सक्ने सम्भावना रहेको बताइन् । 

उनले भनिन्, “हाम्रो देशमा महिला राष्ट्रपति हुनुभयो । सभामुख हुनुभयो । प्रधानन्यायाधीश हुनुभयो । अब प्रधानमन्त्री हुन पनि महिला सक्षम छन् ।” 

उनले पार्टीको आगामी १४औँ महाधिवेशनबाट महिलाको प्रतिनिधित्व झनै बलियो र सशक्त हुने विश्वास व्यक्त गरिन् । रासस
    
 

Skip This
Skip This
Logo