उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्। उनले केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन्।
मन्त्रिपरिषद्मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको ‘कोटा’मा उनलाई मन्त्री बनाइएको भन्दै चौतर्फी विरोध भएपछि उनी राजीनामा दिन बाध्य भएका हुन्।
आफूले स्वविवेक प्रयोग गरेको र विवादमा फस्न नचाहेकाले राजीनामा दिएको हमालले बताएका छन्।
विवादमा आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हमाललाई राजीनामा दिन भनेका थिए। उनी प्रधानन्यायाधीश राणाका जेठान हुन्।





























प्रतिक्रिया