वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आइतबार विश्वासको मत लिने योजना रहे पनि दसैँपछि मात्रै लिने भएकी छन् । आज बसेको प्रदेश सभाको बैठकमा विश्वासको मतको प्रस्ताव मात्रै टेबुल भएको हो ।
शाक्यलाई सोमबारसम्म विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता थियो । तर आज संविधानको धारा १८८ को उपधारा २ अनुसार प्रस्ताव टेबुल गरेकी थिइन्। तर उनले दसैँ पछि मात्र विश्वासको मत लिने भएकी हुन् ।
प्रतिक्रिया