प्रदेशसभा र संघीयता खारेज गरौं: सांसद माझी

प्रदेशसभा र संघीयता खारेज गरौं: सांसद माझी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की वाग्मती प्रदेशसभा सदस्य रिता माझीले संघीयता खारेज गरिनुपर्ने बताएकी छिन्।

वाग्मती प्रदेशसभाको नवौं अधिवेशनमा बोल्दै सांसद माझीले नेपालमा संघीय प्रणाली असफल भैसकेको भन्दै उनले सकिन्छ भने तत्कालै प्रदेश सरकार खारेजी गर्नुपर्ने बताइन्।

प्रदेश सरकारले जनतामा कुनै किसिमको राहत दिन नसकेको, प्रदेश सरकार र सांसदहरु पद र प्रतिष्ठाको लागि मात्र उभिने हो कि बोझको लागि उभिने हो भन्दै उनले दशैंको विदामा समीक्षा गर्दै यो बोझलाई खारेज गर्नुपर्ने बताइन्।

संघियतालाई खारेजी गर्दा नेपाली जनता खुसी हुने भन्दै यो महंगी र भ्रष्टाचारलाई न्यूनिकरणको लागि यो ब्यवस्था खारेज गर्नुपर्ने बताइन्। जनताले तिरेको करबाट प्रदेशसभाका माननीयलाई तलब खुवाउने काम मात्र भएको भन्दै उनले यस्तो ब्यवस्था खारेज हुनुपर्नेमा जोड दिइन्।

हिजो संवैधानिक राजतन्त्रलाई हटाएर अहिले धेरै राजाहरुको जन्म भएको भन्दै उनले नेपाललाई बलियो बनाउनका लागि संघियता खारेज हुनुपर्ने बताइन्। लाेभ लालच देखाई गाउँगाउँमा धर्म परिवर्तनको आतङ्क रहेको भन्दै उनले यसतर्फ सचेत हुनुपर्ने बताइन्।

Skip This
Skip This
Logo