राजसंस्थालाई पाखा लगाएपछि देश अविभावकबिहीनः राप्रपा अध्यक्ष थापा

राजसंस्थालाई पाखा लगाएपछि देश अविभावकबिहीनः राप्रपा अध्यक्ष थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अविभावकबिहीन भएको अभिब्यक्ति दिएका छन् । 

सोमवार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व. चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसको उपलक्ष्यमा अध्यक्ष थापाले उक्त अभिब्यक्ति दिएका हुन् । उनले संविधान सभाको पहिलो बैठक भएको करिव १३ वर्ष पुग्दा देशले भनेजस्तो कोल्टो फेर्न नसकेको बताए । 

अध्यक्ष थापाले नेपालमा अहिले बाह्य शक्तिको तीव्र प्रभाव बढेको भन्दै नेपाल बाह्य शक्तिहरुको रणनैतिक थलो बनेको आरोप लगाए । उनले नेपालमा हरेक महत्वपूर्ण निर्णयहरुमा बाह्य शक्ति हाबी भइरहेको पनि जिकिर गरे । उनले अहिलेको प्रजातन्त्रमा केही सीमित दलका सीमित नेताहरुको समूहले सम्पूर्ण राज्य शक्तिमाथि कब्जा जमाएर सर्वसत्तावादी शैलीमा व्रह्मलुट गरिरहेको समेत आरोप लगाए ।

कार्यक्रममा नेकपा एमालेका संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले ५ दलको गठबन्धन भन्ने गरिएपनि छैटौं थपिएको प्रमाणित भएको बताए । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरातर्फ व्यंग्य गर्दै तीन दिन मन्त्री भएको र राजीनामा दिएकोले गठबन्धन सरकारमा छैटौं दल समावेश भएको पुष्टि हुने तर्क गरे । उनले यो विषय जटिल भएको बताउँदै यसमा नागरिक समाज र राजनीतिक दलहरुले छलफल गर्नुपर्ने बताए ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष प्रकाशचन्द्र लोहनीले गणतन्त्रलाई अहिलेको न्यायालय र पार्टीहरुले गाईजात्रा बनाउने काम गरिरहेको आरोप लगाए ।

 

Skip This
Skip This
Logo