दसैँमा दाजु-भाउजूको हातबाट टीका लगाउँछु: ठाकुर गैरे, नेता, एमाले

दसैँमा दाजु-भाउजूको हातबाट टीका लगाउँछु: ठाकुर गैरे, नेता, एमाले

केन्द्रबिन्दु
0
Shares

दसैँ मनाउन पाल्पा आइपुगेको छु। शुभकामना आदानप्रदान, पारिवारिक भेटघाट, टीका लाउने यसरी नै बित्छ। बुवाआमा हुनुहुन्न। दाजुभाउजूको हातबाट टीका लगाउँछु। शुभचिन्तकलाई टीका लगाउने गरेको छैन।

परिवारको बीचमा परिवारका सदस्यबाट टीका थाप्ने र लगाइदिने हुन्छ। मेरो घुमघामको योजना छैन। पार्टीका तर्फबाट आयोजना हुने शुभकामना कार्यक्रममा सहभागी हुन्छु। छिमेक साथीभाइ भेटघाट हुन्छ। 

दसैँतिहार जस्ता चाडपर्वले सामाजिक सद्भाव बलियो बनाउने र राष्ट्रिय एकतालाई सुदृढ गर्ने, आफन्त, परिवारजन र साथीभाइसँग पुनर्मिलन हुनेर सुखदु:ख बाँड्ने अवसर पनि हो।न्युज कारखाना

Skip This
Skip This
Logo