सबै जिल्लामा एक महिनाभित्र पार्टी कार्यालय स्थापना गर्न नेकपा एसको निर्देशन

सबै जिल्लामा एक महिनाभित्र पार्टी कार्यालय स्थापना गर्न नेकपा एसको निर्देशन

केन्द्रबिन्दु
0
Shares

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी र स्थायी कमिटीले अन्तरपार्टी निर्देशन २ जारी गरिएको छ ।

पार्टीले उक्त निर्देशन जारी गर्दै सबै जिल्ला कमिटीहरूले बढीमा एक महिनाभित्र पार्टी कार्यालयको स्थापना गरिसक्ने निर्देशन दिएको छ ।

निर्देशन अनुसार पार्टिले पालिका तहमा पनि पार्टी कार्यालय स्थापना गरी कामलाई प्रभावकारी बनाउने कुरामा विशेष ध्यान दिँदै पार्टी कार्यालयहरूलाई नियमित र व्यवस्थित रूपमा सञ्चालन गर्ने बताएको छ ।

त्यस्तै पार्टी कमिटी गठनको विषयमा निर्देशनमा भनिएको छ ‘आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाँउपालिका तथा सबै वडाहरूमा पार्टी कमिटीहरू गठन गरिसक्ने । त्यसैगरी जनसंगठनहरूका कमिटी पनि गठन गर्ने । सबै कमिटीहरूले तीन महिने कार्ययोजना बनाई सोही अनुसार कार्य गर्ने । आफ्नो तहमा कार्यकर्ता भेला सम्पन्न गर्ने ।’

Skip This
Skip This
Logo