एमाले र कांग्रेसले यो वर्ष दसैंको अवसरमा चियापान कार्यक्रम नगर्ने

एमाले र कांग्रेसले यो वर्ष दसैंको अवसरमा चियापान कार्यक्रम नगर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले र कांग्रेस दुइ ठूला दलले यो वर्ष दसैंको अवसरमा चियापान कार्यक्रम नगर्ने भएका छन् ।

एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार दसैँं, तिहार, छठ र नेपाल संवतको अवसरमा गरिदै आएको चियापान यस वर्ष नगर्ने निर्णय भएको हो ।

कार्यक्रममा बढी भिडभाड हुने भएकाले यो वर्ष चियापान कार्यक्रम नगर्ने निर्णय भएको उनले जनाए । 
 
स्मरण रहोस्, यसअघि नेपाली कांग्रेसले पनि विज्ञप्ती नै जारी गरेर यस वर्ष चियापान नगर्ने निर्णय गरिसकेको छ । गत वर्ष पनि कोभिडले गर्दा ठूला दलहरुले दसैको अवसरमा चियापान कार्यक्रम गरेका थिएनन् ।

Skip This
Skip This
Logo