नेकपा एसले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।
केन्द्रीय कमिटी बिस्तारको क्रममा केन्द्रिय सल्लाहकार परिषद्देखि ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रदेश कमिटिका पदाधिकारी लगायतको जिम्मेवारी बाँडफाँट गरिएको छ ।
प्रदेश कमिटिको पदाधिकारीमा प्रदेश ईन्चार्ज, सहईन्चार्ज अनि अध्यक्ष, उपाध्यक्ष गरी समानन्तर जस्तो देखिने दुइ पद खडा गरिएको छ । यसले प्रदेश इन्चार्ज र अध्यक्षमा को शक्तिशाली भन्ने द्विविधा देखिन्छ ।
बैकल्पिक पोलिटब्यूरो सदस्यसमेत रहेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष मेटमणि चौधरीले केन्द्रबिन्दुसँग भने, ‘रोलक्रमअनुसार प्रदेश ईन्चार्जभन्दा प्रदेश अध्यक्ष तल हो । तर अधिकारको हिसाबले इन्चार्जभन्दा अध्यक्ष नै शक्तिशाली हुन्छ । कार्यकारी अधिकार अध्यक्षकै हुन्छ ।’
यसैगरी, नेकपा एसले यसअघि झलनाथ खनालको ‘वरिष्ठ नेता’ का पद हटाएर सो पदलाई ‘सम्मानित नेता’ बनाएको छ। नेता खनाल पार्टीको विदेश विभाग प्रमुखको जिम्मेवारीमा समेत छन्।
उता, नेकपा एसले संगठन विस्तारका लागि ३ महिने अभियान घोषणाका क्रममा एक वडा, एक सय संगठित सदयस्य र एक हजार पार्टी सदस्य बनाउने अभियान पनि सञ्चालन गर्ने भएको छ ।





























प्रतिक्रिया