नेकपा (एकीकृत समाजवादी) एसले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेसँगै पार्टी भित्रै तीव्र असन्तुष्टि देखिन थालेको छ ।
केन्द्रीय कमिटी बिस्तारको क्रममा केन्द्रीय सल्लाहकार परिषद्देखि ज्येष्ठ कम्युनिस्ट मञ्च, प्रदेश कमिटीका पदाधिकारी लगायतको जिम्मेवारी बाँडफाँट गरिएको छ । उक्त कमिटी चयनको विषयलाई लिएर अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।
केन्द्रविन्दुसँगको कुराकानीका क्रममा उनले भने ‘मापदण्ड एउटा बनाएर आफू अनुकूल कार्य भएको छ । पार्टी अध्यक्षलाई समेत गलत रिपोर्टिङ गरेर आफूखुसी मानिसहरू चयन गरिएको छ । त्यो मान्य हुने छैन ।’
उनले गलत मानसिकताबाट व्यक्ति छनौटलाई रुचाउने परिपाटीबाट असल र सकारात्मक अभ्यास गर्ने नयाँ सङ्कल्प नारा मात्र सीमित भएको बताएका छन् ।
पार्टीले सार्वजनिक गरेको अन्तरपार्टी निर्देशन २ ले सङ्कल्प अनुसारको काम नगरेकोमा उनले असन्तुष्टि व्यक्त गरेका छन् ।





























प्रतिक्रिया