मन्त्रिपरिषद्को निर्णय: घाइतेहरूको उपचार निःशुल्क, मृतक परिवारलाई २ लाख, घर बनाउन पनि सहयोग

मन्त्रिपरिषद्को निर्णय: घाइतेहरूको उपचार निःशुल्क, मृतक परिवारलाई २ लाख, घर बनाउन पनि सहयोग


प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठक अविरल वर्षात र पहिरोका कारण भएको जनधनको क्षतिका सन्दर्भमा पीडितलाई राहत र मृतकका परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेका छ ।

बैठकले घाइते भएकाहरूलाई निःशुल्क उपचार गराउने तथा मृतकका परिवारलाई क्षतिपूर्ति रकम दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार एक जनाको मृत्यु भएको परिवारलाई २ लाख र थप व्यक्तिको मृत्यु भए प्रत्येकका लागि थप १–१ लाख दिने भएको हो ।

त्यस्तै बैठकले घर बनाउनका लागि समेत सहयोग गर्ने भएको छ । घर बनाउनका लागि पहाडका बासिन्दालाई ४ लाख, हिमालका बासिन्दालाई  ५ लाख र तराईका बासिन्दालाई  ३ लाख उपलब्ध गराउने भएको छ । साथै जग्गा नहुनेहरूका लागि सरकाले थप ३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । 

बाढी, पहिरो र डुबानमा परेर आज मध्याह्नसम्म ४८ जनाले ज्यान गुमाएका छन् । विभिन्न जिल्लामा ३१ जना बेपत्ता भएका छन् । 

त्यस्तै देशका विभिन्न स्थानमा किसानहरूको बालीनालीमा समेत क्षति भएको छ ।

Logo