बाढीपहिरोकाे क्षति निरीक्षण गर्न आज प्रधानमन्त्री सुदूरपश्चिम जाँदै

बाढीपहिरोकाे क्षति निरीक्षण गर्न आज प्रधानमन्त्री सुदूरपश्चिम जाँदै

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा आज कर्णाली र  सुदूरपश्चिममा बाढीपहिरोले पुर्‍याएको क्षतिको निरीक्षणमा जाँदैछन्। उनी काठमाडौंबाट सुर्खेत जानेछन्। सुर्खेतबाट दिपायल जाने कार्यक्रम छ।

उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक र वीरबहादुर बलायरलाई लिएर निरीक्षणमा जान लागेका हुन्। त्यस क्रममा देउवाले डाेटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हवाइ निरीक्षण गर्नेछन्।

मनसुनपछिको वर्षासँगैको बाढीपहिरोले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा क्षति पुगेको छ। सुदूरपश्चिम प्रधानमन्त्री देउवाको गृह प्रदेश पनि हो। देउवा भोलि शुक्रबार मात्र काठमाडौं फर्कनेछन्।

Skip This
Skip This
Logo