प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिम पुगेका छन् । मन्त्री तथा नेताहरूका साथ बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकनका लागि सुर्खेत, दिपायल हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।
प्रधानमन्त्रीको साथमा सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि बझाङ पुगेका छन् ।
यसपछि प्रधानमन्त्री देउवा बैतडीको प्रभावित क्षेत्र जाने कार्यक्रम छ । त्यहाँबाट डडेलधुरा, कञ्चनपुर हुँदै कैलाली जाने कार्यक्रम छ ।
प्रधानमन्त्री देउवा आज बिहान अर्थमन्त्री, पर्यटन मन्त्री, कांग्रेस नेताहरू एनपी साउद, रमेश लेखकसहित सुदूरपश्चिम भ्रमणमा निस्किएका छन् । तीन दिनको अविरल वर्षाले सुदूरपश्चिममा ठूलो जनधनको क्षति भएको छ । न्युज कारखाना































प्रतिक्रिया