बुटवलमा प्रस्तावित एमाले १०औँ महाधिवेशन चितवन सर्‍यो

बुटवलमा प्रस्तावित एमाले १०औँ महाधिवेशन चितवन सर्‍यो

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेले पार्टीको १०औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ।

यसअघि विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए। तर, बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिरमा तय महाधिवेशनको स्थान चितवन तोकेको हो।

स्थायी कमिटी सदस्य विष्णु रिमालले आजको स्थायी कमिटी बैठकबाट महाधिवेशन मूल व्यवस्थापन सिमिति ३१ सदस्यीय बनाइएको जानकारी पनि दिएका छन्। एमाले महाधिवेशन १० देखि १२ मंसिरमा हुँदैछ।

Logo