बाबुरामको नजरमा ओलीले गरेका ५ काम, जाे गिनिज बुकमा लेखाउन लायक छन्

बाबुरामको नजरमा ओलीले गरेका ५ काम, जाे गिनिज बुकमा लेखाउन लायक छन्

केन्द्रबिन्दु
0
Shares

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यङ्ग्यको पात्र बनेका छन्। आफू नेतृत्वको सरकारले गरेका काम गिनिज बुक अफ वर्ल्ड रेकर्डमा राख्ने हो भने सो बुक आधा भरिने उनले बताएपछि अहिले ओली व्यङ्ग्यका पात्र बनेका हुन्।

यसै क्रममा पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले ओलीविरुद्ध कटाक्ष गरेका छन्। उनले ‘ओलीको गिनिज बुक रेकर्ड’ शीर्षकमा ओलीले गरेका ५ काम देखाएका हुन्।

उनले दुई पटक संसद् विघटन, दुई तिहाइको सरकार ढल्नु, ६ वटा प्रदेशमा सरकार नेतृत्व गरेको पार्टी अहिले सडकमा पुग्नुलाई गिनिज बुकमा रेकर्ड राख्न लायक काम भन्दै व्यङ्ग्य गरेका छन्। सामाजिक संजाल ट्वीटरमा बाबुरामले लेखेका छन्,

‘ओलीको गिनिज बुक रेकर्ड= १. २/२ पटक असंवैधानिक ढङ्गले संसद् विघटन र अदालतबाट पुनर्स्थापना, २. सङ्घमा २/३ बहुमतको सरकार र ६ वटा प्रदेश सरकार गुमाएर सडकमा, ३. सरकारी निवासमा विदेशी गुप्तचरसँग घण्टौँ कानेखुसी, ४. मुखमा कम्युनिस्ट मनमा ठोरीवाला राम, ५. हावादारी गफ र उखान टुक्कामा ताली लाउने अरिङ्गाल सेना!’

 

Logo